पुटिनसँगको वार्ता उपलब्धिमूलक भए पनि कुनै सम्झौता भइसकेको छैनः ट्रम्प

राष्ट्रपाटी न्युज

साउन ३१, २०८२

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धको विषयमा रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँगको वार्ता उपलब्धिमूलक भएको बताएका छन् । वार्ता उपलब्धिमूलक भएको बताए पनि वार्तामा कुनै सम्झौता नभएको उनको भनाइ छ ।

तीन घण्टा लामो वार्तापछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै रुसी राष्ट्रपति पुटिनले आफू युद्ध अन्त्यका लागि सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। उनले अन्य थप केही कुरा बताएनन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ता भइरहेको समयमा पनि रुसी सेनाले युक्रेनमा मान्छे मारी रहेको बताए।

पुटिनले यो युद्धको मूल कारणको पहिचान हुनु आवश्यक रहेको बताएका छन् । उनले आफू युद्ध अन्त्यका लागि सचेत रहे पनि युक्रेन र युरोपेली देशदेशलाई यो प्रक्रिया नबिथोल्न चेतावनी दिएका छन् ।

उनले शान्ति स्थापनाका लागि सुरुवाती बिन्दुको रूपमा यो बैठक रहने बताए । ट्रम्पले धेरै कुरामा एक आपसमा सहमति भए पनि केही कुरा मिल्न बाँकी रहेको बताए । तर, उनले यसलाई बुँदागत रूपमा भन्न चाहेनन् ।

ट्रम्पले यस विषयमा जेलेन्स्की र युरोपेली नेतालाई जानकारी गराउने बताए । उनले रुसी समकक्षीलाई फेरि भेट्ने आशा गरेका छन् । त्यो भेट मस्कोमा हुनसक्ने छ । (एजेन्सी)


Published :साउन ३१, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media