रसियाको कारखानामा आगलागीबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

राष्ट्रपाटी न्युज

साउन ३१, २०८२

एएफपी । रसियाको पश्चिमी रायजान क्षेत्रमा रहेको औद्योगिक कारखानामा लागेको आगलागीमा हालसम्म ११ जनाको मृत्यु भएको छ भने १३० जना घाइते भएका छन् ।

मन्त्रालयले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत जानकारी दिँदै भनेको छ, “मलबा हटाउने क्रममा थप दुई शव फेला परेको छ । यसरी कुल मृतकको संख्या ११ पुगेको पुष्टि भएको छ ।”

यसअघि एउटा कुकुर टोलीले मलबाभित्र रहेका फसेका व्यक्तिको स्थान पत्ता लगाएर उद्धार गरेको थियो ।

अहिलेसम्म घटना स्थलमा ३६० भन्दा बढी आपत्कालीन कर्मचारी र ९० भन्दा बढी उपकरण परिचालन गरी खोजी र उद्धार कार्य जारी छ । आगलागी स्थानीय समय अनुसार बिहान १०:३० बजे शिलोव्स्की जिल्लाको लेस्नोइस्थित उक्त कारखानाको उत्पादन कार्यशालामा सुरु भएको थियो ।

स्थानीय अनुसन्धान निकायहरूले यस घटनालाई औद्योगिक सुरक्षा नियमहरूको उल्लंघनको मामलामा हेरेर गम्भीर अनुसन्धान अगाडि बढाएका छन् । (रासस)


Published :साउन ३१, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media