सम्पत्ति छानबिन गर्न माओवादीमा आयोग गठन, पदाधिकारीबाटै छानबिन सुरू गर्ने

राष्ट्रपाटी न्युज

अशोज १०, २०८२

काठमाडौं । माओवादी केन्द्रले नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेको छ। प्रज्ञा भवन भवनमा बसेको केन्द्रीय कमिटीको बैठकले सम्पत्ति छानबिन आयोग गठन गरेको हो।

माओवादी प्रवक्ता अग्नि सापकोटाका अनुसार आयोगले अध्यक्षसहित पदाधिकारीबाट छानबिन सुरू गर्नेछ। ‘दुई चलेको बैठकले पार्टीका नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने निर्णय गरेको छ। आयोगले पदाधिकारीबाट छानबिन सुरू गर्नेछ,’ प्रवक्ता सापकोटाले भने।

त्यस्तै माओवादीको केन्द्रीय कमिटी विघटन भएको छ। बैठकले केन्द्रीय कमिटी विघटन गरेर महाधिवेशन आयोजक समिति गठन गरेको छ। पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार महाधिवेशन आयोजक समितिको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड तोकिएका छन्। त्यस्तै बैठकले मंसिरभित्र महाधिवेशन गर्ने निर्णय गरेको छ। महाधिवेशनमा जेनजी युवाहरूलाई अधिकतम सहभागी गराउने वातावरण बनाइने निर्णय पनि बैठकले गरेको छ।

त्यस्तै समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकता र विचार मिल्ने पार्टीहरूसँग छलफल प्रक्रिया जारी राख्ने निर्णय पनि भएको प्रवक्ता सापकोटाले बताए।


Published :अशोज १०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media