दशैं बिदाअघिको नेप्सेमा दोहोरो अंकको वृद्धि, २ अर्ब ९३ करोडको कारोबार

राष्ट्रपाटी न्युज

अशोज १२, २०८२

काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। आइतबार नेप्से परिसूचक ११.५१ अंकले बढेर २६६३.५१ विन्दुमा पुगेको हो। यसदिन ३१४ स्क्रिप्सको ७५ लाख ११ हजार १९३ कित्ता सेयर २ अर्ब ९३ करोड ५९ लाख १४ हजार ९१० रुपैयाँमा खरिदबिक्री भए। भोलिदेखि दशैं बिदा सुरू हुँदैछ। अब असोज १९ गते आइतबार मात्रै सेयर बजार खुल्नेछ।

कारोबारमा आएकामध्ये १७० स्टक्सको मूल्य बढ्दा ६९ वटाको घट्यो। १२ स्टक्सको मूल्य भने स्थिर रह्यो। ग्लोबल आईएमई समुन्नत योजना-२ को सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको २४ करोड मूल्य बराबरको कारोबार भयो। यसैगरी नेपाल रिइन्स्योरे‍न्सले ११ करोडको कारोबार गर्दा शिवम् सिमेन्टको ८ करोडको कारोबार भयो।

तीन समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक सकारात्मक देखिएका छन्। होटल्स एन्ड टुरिजम, अदर्श र ट्रेडिङ समूहको उपसूचक घट्दा अन्यको बढेको हो।


Published :अशोज १२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media