दशैँ बिदामा पनि आयल निगमका १३ वटा डिपो खुला रहने

राष्ट्रपाटी न्युज

अशोज १२, २०८२

काठमाडौं । दसैँको सार्वजनिक बिदामा पनि नेपाल आयल निगमका कार्यालय तथा डिपो खुला रहने भएका छन्।

सार्वजनिक बिदाका दिनमा पेट्रोलियम पदार्थको सहज बिक्रीवितरणको व्यवस्था मिलाउन स्थानीय आवश्यकताका आधारमा १३ वटा डिपो तथा कार्यालय खुला रहने निगमले जनाएको छ।

निगमका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा धनुषा, चारआली, नेपालगञ्ज, वीरगञ्ज, दाङ र दिपायलका इन्धन डिपो खुला रहनेछन्।

दसैँका समयमा सवारीसाधनको प्रयोग बढेसँगै इन्धनको खपत पनि बढी हुने गरेको छ।


Published :अशोज १२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media