खोलाले बगाउँदा एक बालिकाको मृत्यु

राष्ट्रपाटी न्युज

अशोज १९, २०८२

उदयपुर । त्रियुगा नगरपालिका–५ दमौटीमा एक बालिकाको खोलाले बगाउँदा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा उजन राईकी छोरी तीन वर्षीय रेबिका राई रहेकी छिन् ।

शनिबार दिउँसो २ बजे बालिका खोलानजिकै खेल्ने क्रममा अम्बिका खोलाले बगाएको थियो । बालिकाको शवलाई प्रकृया पूरा गरी आफन्तको जिम्म लगाइएको छ ।


Published :अशोज १९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media