सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, तोलामै २ लाख ३३ हजारमाथि

राष्ट्रपाटी न्युज

अशोज २०, २०८२

काठमाडौं । नेपाली बजारमा सुन-चाँदीको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ। आज सुन २५ सय र चाँदी ३० रुपैयाँले वृद्धि भएको छ। अघिल्लो दिन आइतबार एक तोला सुनको मूल्य २ लाख ३० हजार ६०० पुगेको थियो।

सोमबार सोही परिमाणको सुनको मूल्य २ लाख ३३ हजार १०० कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यो हालसम्मकै उच्च मूल्य हो।

यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ। ३० रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य २ हजार ९६० रुपैयाँ पुगेको छ। चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

आइतबार एक तोला चाँदी २ हजार ९३० रुपैयाँ कायम भएको थियो ।


Published :अशोज २०, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media