सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, तोलामै २ लाख ३५ हजारमाथि

राष्ट्रपाटी न्युज

अशोज २१, २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। मंगलबार २३ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। नयाँ मूल्यसँगै एक तोला सुनको भाउ २ लाख ३५ हजार ४०० पुगेको छ।

साताको दोस्रो कारोबार दिन सोमबार एक तोला सुनको मूल्य २ लाख ३३ हजार १०० कायम भएकोमा आइतबार २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको थियो।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ। एक तोला चाँदी २ हजार ९६० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी सोही मूल्यमा खरिदबिक्री भएको थियो ।


Published :अशोज २१, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media