घरायसी विवादमा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

राष्ट्रपाटी न्युज

अशोज २२, २०८२

नुवाकोट । नुवाकोटमा एक पुरुषले पत्नीको हत्या गरेका छन्। घरायसी विवादका क्रममा शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मङ्गलबार साँझ जीतमानले खुकुरी हानेर श्रीमती सविनाको हत्या गरेका हुन्। सविनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ अभियुक्त तामाङलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको छ। अभियुक्तले आवेशमा श्रीमतीको हत्या स्वीकार गरेका प्रहरीले जनाएको छ।


Published :अशोज २२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media