राज्यविरुद्धको अपराधमा गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गरी कारबाही गर्न महेश बर्तौलाको माग

राष्ट्रपाटी न्युज

अशोज २३, २०८२

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले राज्यविरुद्धको अपराधमा गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्ने बताएका छन् ।

प्रहरीबाट लुटिएका हतियारहरू कहाँ र को सँग छ भन्ने सूचना र जानकारी अहिलेका गृहमन्त्रीलाई शत प्रतिशत रहेको उनको दाबी छ ।

उनले भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागहरूसहित जेनेरेसन जेडले गरेको शान्तिपूर्ण आन्दोलनभित्र सुनियोजित घुसपैठ गरी शान्ति भङ्ग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने कामको गृहमन्त्री अर्याल संलग्न रहेको आरोप लगाएका छन् ।

बर्तौलाले गृहमन्त्री अर्यालले सपथ ग्रहण लगत्तै फौजदारी अपराध प्रकरणहरुमा संलग्न दोषी र अपराधीहरूलाई पर्याप्त प्रमाणहरू रहँदारहँदै पनि कानुनी कारबाही नगर्न लिखित निर्देशन दिएको भन्दै आपत्ति जनाए। उनले अहिलेका गृहमन्त्रीलाई पदबाट बर्खास्त गरि राज्य विरुद्धको अपराधमा तत्काल गिरफ्तार गरि अनुसन्धान प्रक्रिया अगाडि बढाइनु पर्ने माग गरेका छन्।

शुद्ध नेपाली जेन जीहरुले पनि यो कुरा बुझुन् कि शान्तिपूर्ण आन्दोलनभित्र उनको घुसपैठको यही नाता सम्बन्ध रहेकै कारण उनले थोरै पनि मिहिनेत नगरिकनै गृहमन्त्री पद सजिलै हत्याउन सफल भए र सपथ ग्रहण लगत्तैमाथि उल्लेखित फौजदारी अपराध प्रकरणहरुमा संलग्न दोषी र अपराधीहरूलाई प्रयाप्त प्रमाणहरु रहँदारहँदै पनि कानुनी कारबाही नगर्न लिखित निर्देशन नै दिए । जसका कारण अहिले मुलुकमा अराजकता, दण्डहिनता र जघन्य प्रकृतिका आपराधिक घटनाहरु ह्वात्तै बढेर गएको छ ।


Published :अशोज २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media