
काठमाडौं। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।
गत भदौ २३ र २४ को जेनजी युवा आन्दोलनमा भएको अप्रिय घटनामा उनीहरुमाथि अनुसन्धानको माग गर्दै नेविसंघले जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा उजुरी दिएको हो ।
विद्यार्थीहरुलाई आन्दोलनमा आउन उक्साएको र त्यही आन्दोलनमा घुसपैठ गराएर आगजनी र तोडफोड गरेर राष्ट्रिय सम्पदामा क्षति पुर्याएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको घटनामा वालेन र गुरुङलाई पक्राउ गरेर २४ घण्टाभित्र अनुसन्धान शुरु हुनुपर्ने माग नेविसंघको छ ।
नेविसंघका केन्द्रीय सदस्यहरू मनिश जङ थापा, अशोक सिंह बिष्ट र बिजय शाहले संयुक्तरुपमा हस्ताक्षर गरेर साह र गुरूङविरुद्ध किटानी जाहेरी दिएका हुन् ।
यसअघि नेकपा एमाले निकट अनेरास्ववियुले र युवराज सफलले पनि बालेन र सुदनलगायतकाविरुद्ध उजुरी दिएका थिए ।