नेप्सेमा ७८.८३ अंकको गिरावट, ६ अर्ब ७० करोडको कारोबार

राष्ट्रपाटी न्युज

अशोज २६, २०८२

काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ७८.८३ अंकले घटेर २५०३.३५ विन्दुमा अडिएको छ। यसदिन ३२४ स्क्रिप्सको १ करोड ४३ लाख  ६४ हजार ६८२ कित्ता सेयर ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार २६६ रुपैयाँमा खरिदबिक्री भए।

यसदिन कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

एनएलजी इन्स्योरेन्सले ३७ करोडको सेयर कारोबार गर्दा युनियन हाइड्रोपावरले ३६ करोड,हिमालयन रिइन्स्योरेन्सले २३ करोड र सीईडीबी होल्डिंग्सले २२ करोड बराबरको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये ९ स्टक्सको मूल्य बढ्दा २४२ वटाको घट्यो। उच्च अंकले घटेरको सेयर बजारमा दुई समूहको उपसूचक ४ प्रतिशतले बढीले ओरालो लाग्यो। होटल र अदर्श समूहको उपसूचक ४ प्रतिशत बढिले घट्यो ।


Published :अशोज २६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media