सुनको मूल्य हालसम्मकै उच्च, तोलामा दुई लाख ४८ हजार ९०० पुग्यो

राष्ट्रपाटी न्युज

अशोज २९, २०८२

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला रु. चार सयले बढेर रु दुई लाख ४८ हजार ९०० पुगेको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु. ८५ ले घटेर आज तीन हजार २४० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो मङ्गलबार सुन प्रतितोला रु. दुई लाख ४८ हजार ५०० र चाँदी प्रतितोला रु. तीन हजार ३२५ मा किनबेच भएको थियो ।


Published :अशोज २९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media