सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

राष्ट्रपाटी न्युज

कार्तिक ३, २०८२

काठमाडौँ । आज सुनचाँदीको मूल्य आज सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर तोलाको दुई लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मूल्य तोलाको दुई लाख ५३ हजार दुई सय रुपैयाँ थियो ।

यस्तै चाँदीकोमूल्य पनि सामान्य बढेको छ । चाँदी तोलामा पाँच रुपैयाँले बढेर तोलाको तीन हजार दुई सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको मूल्य तोलाको तीन हजार दुई सय ७५ रुपैयाँ रहेको थियो ।


Published :कार्तिक ३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media