सुनको मूल्यमा एकैदिन ११ हजार बढीले गिरावट

राष्ट्रपाटी न्युज

कार्तिक ९, २०८२

काठमाडौं । तिहार बिदापछिको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ एकैदिन ११ हजार बढीले घटेको छ।  नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ ११ हजार ६०० रुपैयाँले घटेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा पनि घटेको हो।

मूल्य घटेसँगै एक तोला सुनको भाउ २ लाख ४१ हजार ९०० कायम भएको छ। यसअघिको कार्त्तिक ३ गते एक तोला सुन २ लाख ५३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। प्रतितोला चाँदीको मूल्य ३ हजार १५ रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन एकतोला चाँदी ३ हजार २८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।


Published :कार्तिक ९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media