आजको शेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ९ अर्बमाथि

राष्ट्रपाटी न्युज

कार्तिक १६, २०८२

काठमाडौं ।  साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक ३०.७५ अंकले बढेर २६३१.१४ विन्दुमा अडिएक छ। सेन्सेटिभ इण्डेक्स ४.४१ प्रतिशतले बढेर ४५७.२२ विन्दुमा पुगेको छ।

यसदिन ३१९ स्क्रिप्सको २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता सेयर ९ अर्ब २० करोड ३१ लाख ४६ हजार ४२९ रुपैयाँमा खरिदबिक्री भए। नेप्से परिसूचक दोहोरो अंकले बढ्दा पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

सामुदायिक लघुवित्त वित्तीय संस्था, गोरखाज फाइनान्स,पञ्चकन्या माइ हाइड्रोपावर,पिपुल्स पावर र थेह्रथुम पावरको सेयर १० प्रतिशतले बढेको हो।

कारोबारमा आएकामध्ये २०५ स्टक्सको मूल्य बढ्दा ४२ वटाको घट्यो। ३ स्टक्सको मूल्य भने स्थिर रह्यो।

कारोबार रकमका आधारमा हिमालयन बैंक प्रमोटर शीर्षस्थानमा रह्यो। सो बैंकको १ अर्ब ६६ करोड ५९० लाख ५९ हजार ७६ रुपैयाँको सेयर कारोबार भयो।

युनियन हाइड्रोपावरले ३४ करोडको सेयर कारोबार गर्दा बुटवल पावरले २५ करोड,राधी विद्युतले २४ करोड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले २० करोड मूल्य बराबरको सेयर कारोबार गरे।

ट्रेडिङ समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक सकारात्मक देखिएका छन्। आज फाइनान्स समूहको उपसूचक सर्वाधिक ५.१८ प्रतिशतले बढ्दा लाइफ इन्स्योरेन्सको ४.३५ प्रतिशतले बढ्यो।


Published :कार्तिक १६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media