
बुढानिलकण्ठ। बुढानिलकण्ठ नगरपालिकाको टोलीले नेकपा (एमाले ) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा वलीसंग भेटघाट गरेको छ। बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी सहितको टोलीमा उपप्रमुख अनिता लामा सहित बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ , २ , ६,७,८,९,१०,१२ का वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्य चन्द्रमान श्रेष्ठ, नेकपा (एमाले ) बुढानिलकण्ठ उपसचिव सुनिता गुरुङ , कपन क्याम्पसका क्याम्पस प्रमुख भुमिदत्त पौडेल रहेका थिए।
त्यसैगरी बुढानिलकन्ठ नगरपालिका लेखा शाखा प्रमुख एवं पेशागत महासंघका महासचिव केदार प्रसाद देवकोटा समेत टोलीमा सामेल थिए। वलीसंग भेटघाटका लागि समय लाग्ने भएपछी वडाध्यक्ष सहितको सानो टोलि भेटघाट अघि नै फर्किएको थियो।
भक्तपुरको गुण्डुमा नेकपा एमालेका स्थायी कमिटि सदस्य डा राजन भट्टराई समेत भेटघाटमा उपस्थित थिए।
उक्त भेटघाटमा वलीले आगामी महाधिवेशन ,बर्तमान राजनीतिक परिवेशको बारेमा कुराकानी गरेका थिए। उनले वर्तमान सरकारले चुनाव गराउन नसक्ने भन्दै प्रतिनिधि सभा पुनस्थापनाको पक्षमा लाग्नुपर्ने बताएका थिए। आबस्यक परे परिश्थितिको सामना गर्न टोलटोलमा टोल सुरक्षा दस्ता बनाउनुपर्ने वलीको जोड रहेको एक सहभागीले जानकारी दिएका छन् ।
