गुरुप्रसाद पौडेलले पाए राष्ट्र बैङ्क प्रवक्ताको जिम्मेवारी

राष्ट्रपाटी न्युज

कार्तिक २०, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैङ्कको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई तोकिएको छ ।

पौडेललाई बुधबारदेखि लागू हुनेगरी राष्ट्र बैङ्कको प्रवक्ता तोकिएको हो ।

२०५९ सालमा सेवा प्रवेश गरेका पौडेलले बैङ्क तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैङ्क सुपरीवेक्षण विभागलगायतको जिम्मेवारी सम्हालिसकेका छन् ।

हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।


Published :कार्तिक २०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media