फिलिपिन्समा कालमेगी आँधीको वितण्डा, ८५ जनाको मृत्यु, लाखौँको भागाभाग

राष्ट्रपाटी न्युज

कार्तिक २०, २०८२

काठमाडौं । फिलिपिन्समा कालमेगी आँधीका कारण कम्तीमा ८५ जनाको मृत्यु भएको छ। अधिकारीका अनुसार कालमेगी यस वर्ष मध्य फिलिपिन्समा आएको सबैभन्दा शक्तिशाली आँधीमध्ये एक हो।

यस कारण लाखौँ मानिस आफ्नो घर छोडेर भाग्नु परेको छ।

कालमेगी आँधीले सबैभन्दा बढी जनसंख्या भएको मध्य टापु सेबुका सहरलाई डुबानमा पारेको छ। यसमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ।

अधिकारीहरूले अन्य ७५ जना बेपत्ता छन् र १७ जना घाइते छन्। यसका कारण मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ।

यस आँधीबेहरीले गरेको विनाश देखाउने धेरै भिडियो पनि बाहिर आएका छन्। यसमा मानिस छतमा आश्रय लिइरहेको देख्न सकिन्छ।  मानिसहरूका कार र ढुवानी कन्टेनर सडकमा तैरिरहेका देखिन्छन् ।


Published :कार्तिक २०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media