
बुढानिलकण्ठ। बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ मा सक्रिय रहेको जनसुचना स्वावलम्बन पर्यावरण संरक्षण सहकारी संस्था लिमिटेडको दोश्रो साधारण सभा सम्पन्न भएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित जेष्ठ नागरिक पार्कको सभाहलमा अध्यक्ष ज्ञानु कार्की थापाको अध्यक्षता एवं वडाध्यक्ष राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा वडा सदस्य एवं बुढानिलकण्ठ नगरपालिकाका लेखा समिति संयोजक राजकाजी श्रेष्ठ ,ग्रामिण स्ववालम्बन विकास केन्द्रका प्रमुख शिव सत्याल,प्रतिनिधि संजित घिमिरे , बुढानिलकण्ठ नगरपालिका सहकारी शाखा प्रमुख अच्युत खड्का सहित संस्थाका सेयर सदस्यहरु, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ ,वडा सदस्य एवं बुढानिलकण्ठ नगरपालिकाका लेखा समिति संयोजक राजकाजी श्रेष्ठ ,बुढानिलकण्ठ नगरपालिका सहकारी शाखा प्रमुख अच्युत खड्का,ग्रामिण स्ववालम्बन विकास केन्द्रका प्रमुख शिव सत्याल एवं अध्यक्ष ज्ञानु कार्की थापाले आफ्नो महत्वपूर्ण मन्तव्य राखेका थिए।
कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन ,अनुमानित बजेट तथा कार्यक्रम ,लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन लगायत प्रस्तुत गरिएको थियो।
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ का ५ वटा महिला समुहका १२४ जना महिला सदस्य रहेको उक्त संस्थाले घर घरमा जम्मा हुने अबशेस संकलन गरी बिक्रि गर्ने काम गर्दछ। अबसेशहरुमा पुन प्रयोग गर्न मिल्ने फलाम ,कागज , बोराहरू ,सिसा , जुत्ता तथा चप्पलहरु संकलन गर्ने गरिएको बताइएको छ।
गत २०८१/८२ आर्थिक बर्षमा यस संस्थाले ९,४१४ केजी अबशेस संकलन गरि बिक्रि गर्दा ७७,२५८ रुपैयाँ आम्दानी गरेको उक्त कार्यक्रममा जानकारी दिइएको छ। आगामी बर्ष संस्थाले ६,१४,४४५ रुपैयाँ नाफा गर्ने अनुमान गरिएको छ।
फोहोरबाट मोहर कमाउँ,बुढानिलकण्ठ सफा बनाउँ भन्ने नारा रहेको यस संस्थाको प्रदेश सरकार एवं ग्रामिण स्ववालम्बन विकास केन्द्रको सहयोगमा छिट्टै आफ्नै भवन बन्नुका साथै प्लाष्टिक बैंकको स्थापना गर्ने योजना रहेको बताइएको छ।

