मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

राष्ट्रपाटी न्युज

मंसिर २, २०८२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ५२ पैसा र बिक्री दर १४२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिद दर १६४ रुपैयाँ १८ पैसा र बिक्री दर १६४ रुपैयाँ ८७ पैसा, युके पाउन्ड स्टर्लिंग एकको खरिद दर १८६ रुपैयाँ २९ पैसा र बिक्री दर १८७ रुपैयाँ ०८ पैसा, स्विस फ्रैंक एकको खरिद दर १७७ रुपैयाँ ९२ पैसा र बिक्री दर १७८ रुपैयाँ ६८ पैसा कायम गरिएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ९२ रुपैयाँ २१ पैसा र बिक्री दर ९२ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिद दर १०० रुपैयाँ ९० पैसा र बिक्री दर १०१ रुपैयाँ ३३ पैसा, सिंगापुर डलर एकको खरिद दर १०८ रुपैयाँ ६८ पैसा र बिक्री दर १०९ रुपैयाँ १४ पैसा तोकिएको छ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ १४ पैसा र बिक्री दर नौ रुपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ ९१ पैसा र बिक्री दर २० रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिद दर ३७ रुपैयाँ ७४ पैसा र बिक्री दर ३७ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिद दर ३८ रुपैयाँ ८२ पैसा र बिक्री दर ३८ रुपैयाँ ९९ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिद दर चार रुपैयाँ ३६ पैसा र बिक्री दर चार रुपैयाँ ३७ पैसा, युएई दिराम एकको खरिद दर ३८ रुपैयाँ ५३ पैसा र बिक्री दर ३८ रुपैयाँ ६९ पैसा, मलेसियन रिंगेट एकको खरिद दर ३४ रुपैयाँ १० पैसा र बिक्री दर ३४ रुपैयाँ २५ पैसा, साउथ कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ६८ पैसा र बिक्री दर नौ रुपैयाँ ७२ पैसा, स्वेडिस क्रोनर एकको खरिद दर १५ रुपैयाँ र बिक्री दर १५ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिद दर २१ रुपैयाँ ९८ पैसा र बिक्री दर २२ रुपैयाँ ०८ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १८ रुपैयाँ २१ पैसा र बिक्री दर १८ रुपैयाँ २८ पैसा, कुवेती दिनार एकको खरिद दर ४६१ रुपैयाँ ३८ पैसा र बिक्री दर ४६३ रुपैयाँ ३४ पैसा, बहराइन दिनार एकको खरिद दर ३७५ रुपैयाँ ३६ पैसा र बिक्री दर ३७६ रुपैयाँ ९५ पैसा, ओमानी रियाल एकको खरिद दर ३६७ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६९ रुपैयाँ १४ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।


Published :मंसिर २, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media