पूर्वी कङ्गोमा इस्लामिक विद्रोहीद्वारा ८९ सर्वसाधारणको हत्या

राष्ट्रपाटी न्युज

मंसिर ५, २०८२

काठमाडौँ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा एक हप्ता लामो इस्लामिक विद्रोहीको आक्रमणमा परी प्रसूति वार्डमा रहेका महिलासहित ८९ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय नियोगले शुक्रबार जनाएको छ ।

रुवान्डा–समर्थित सरकार विरोधी एम २३ बलसहित द्वन्द्वग्रस्त क्षेत्रमा धेरै सशस्त्र समूह र मिलिशिया सक्रिय छन् ।उनीहरूले जनवरी र फेब्रुअरीमा उत्तर र दक्षिण किभु क्षेत्रलाई कब्जा गरेका थिए ।

एम २३ को कारबाही रहेको उत्तरमा इस्लामिक स्टेट समूहप्रति निष्ठा राख्ने युगाण्डाका पूर्व विद्रोहीहरूको सशस्त्र समूह एलाइड डेमोक्रेटिक फोर्सेज (एडिएफ) ले दुवै प्रान्तमा बारम्बार हिंसा गरिरहेको छ।

मोनुस्को नियोगले एक विज्ञप्तिमा भन्यो, “एडिएफले नोभेम्बर १३ र १९ को बीचमा उत्तरी किभुको लुबेरो क्षेत्र वरपरका धेरै स्थानहरूमा ‘विशेष गरी घातक’ आक्रमण गरेको थियो।

राज्यको बापेरे र बास्वाघामा भएको आक्रमणमा कम्तिमा २० महिला र बच्चासहित ८९ सर्वसाधारणको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ । (रासस)


Published :मंसिर ५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media