वीरगञ्ज नाकाबाट ३३ अर्ब २१ करोडका उत्पादन निर्यात

राष्ट्रपाटी न्युज

मंसिर ११, २०८२

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा  ३३ अर्ब २१ करोड रुपैयाँ बराबरका उत्पादन निर्यात भएका छन्।

गत आवको सोही अवधिमा १३ अर्ब ६४ करोड रुपैयाँ मूल्य बराबरका उत्पादन निर्यात भएका थिए।

वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार १७ अर्ब ३२ करोड रुपैयाँको भटमासको तेल र रु दुई अर्ब ६० करोड बराबरको फलफूलको जुस निर्यात भएको छ।


Published :मंसिर ११, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media