सातवटा उद्योग र फर्मलाई कारबाहीका साथै निर्देशन

राष्ट्रपाटी न्युज

मंसिर १२, २०८२

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न सात वटा उद्योग र फर्मलाई कारबाही गर्नुका साथै निर्देशन दिएकाे छ । विभागको टोलीले आज ती उद्योग र फर्महरूको अनुगमन निरीक्षण गरी मापदण्ड विपिरत कार्य गरेकाे भन्दै उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशनसहित कारबाही गरेकाे हाे ।

विभागको टोलीले तारकेश्वर–५ गोलढुङ्गास्थित क्रिष्टल स्टोरलाई रु दुई लाख पाँच हजार, काठमाडौँ मनपा–३१ नयाँबानेश्वरस्थित घुम्ती किचेनलाई रु २० हजार, काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित ग्रिन बड्स बेकरी क्याफे प्रालिलाई रु पाँच हजार कारबाहीस्वरुप जरिवाना गराएकाे छ ।

त्यसैगरी ललितपुर महानगरपालिकाको पुल्चोकस्थित सुमेरु अस्ताल परिसरमा रहेको क्यान्टिन, महालक्ष्मी नपा–१ ललितपुरस्थित किष्ट क्याफेटेरिया, काठमाडौँ मनपा–२९ सिंहदरबारस्थित जीएण्डबी क्याफे, काठमाडौँ मनपा–२७ वीर अस्पतालमा रहेको ग्रुप गुजेश्वरी होटल प्रालि (शाखा)लाई टोलीले सामान्य निर्देशन दिएकाे छ ।


Published :मंसिर १२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media