राजेन्द्र श्रेश्ठद्वारा महाधिवेशन प्रतिनिधिको उम्मेद्वारी फिर्ता

राष्ट्रपाटी न्युज

मंसिर १२, २०८२

काठमाडौं । आगामी मङ्सिर २७ गतेबाट शुरु हुने नेकपा एमालेको ११ औं महाधिवेशनका लागि विभिन्न तयारीहरु शुरु भएका छन्। भोलि मङ्सिर १३ गते प्रतिनिधि चयनको लागि निर्वाचनको कार्यक्रम रहेको छ ।

यसैविच नेकपा एमाले काठमाडौं जिल्ला कमिटि सदस्य एवम बुढानिलकन्ठ -२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्नो महाधिवेशन प्रतिनिधिको उम्मेदवारी फिर्ता लिएका छन । काठमाडौं -४ मा नेकपा एमाले भित्रको एकता र सर्वसम्मतिका लागि आफुले उम्मेदवारी फिर्ता लिएको  श्रेश्ठले जानकारी दिएका छन ।

 


Published :मंसिर १२, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media