कस्तो छ आज दिनभरिको मौसम पूर्वानुमान ?

राष्ट्रपाटी न्युज

मंसिर १४, २०८२

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो र राति देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

आज सूर्योदय बिहान ६ बजेर ३६ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ८ मिनेटमा हुनेछ ।


Published :मंसिर १४, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media