
बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिकाले आफ्नो १२ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ। भोलि मंसिर १६ गते, मंगलबार बिहान १०:०० बजे बुढानीलकण्ठ नगरपालिकाको प्राङ्गण हात्तीगौँडामा कार्यक्रम आयोजना गरिने नगरपालिका कार्यालयले जानकारी दिएको छ।
