कांग्रेस महाधिवेशन पुस २६ देखि २८ गतेसम्म

राष्ट्रपाटी न्युज

मंसिर १५, २०८२

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको म्याद माघ मसान्तसम्म थप गरेको छ भने महाधिवेशनको मिति पनि तय गरेको छ । सोमबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले माघ मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको हो ।

वर्तमान कार्यसमितिको ४ वर्षे म्याद यही मंसिर मसान्तमा सकिँदै थियो । बैठकले आउँदो पुस २६ देखि २८ गतेसम्म पार्टीको १५ औं महाधिवेशन गर्ने निर्णय पनि गरेको छ ।

महाधिवेशनका क्रममा सभापति शेरबहादुर देउवा सक्रिय हुनसक्ने गरी औपचारिक निर्णय पनि गरेको छ । पार्टीलाई कार्यवाहकको जिम्मा लगाएर बसिरहेका देउवा फेरि सक्रिय हुन सक्नेगरी औपचारिक निर्णय गरेको हो ।

महाधिवेशनका क्रममा आवश्यकताअनुसार केन्द्रीय प्रतिनिधि खटाउँदा सभापति देउवा सक्रिय हुनसक्ने मार्ग खुला राखेर निर्णय गरिएको छ ।

‘१५ औं महाधिवेशनसँग सम्बन्धित कार्यको सिलसिलामा आवश्यकताअनुसार केन्द्रीय प्रतिनिधि पार्टी सभापतिरकार्यवाहक सभापतिले खटाउनसक्ने छन्,’ बैठकले गरेको निर्णयमा भनिएको छ ।

बैठकले नयाँ र नवीकरण क्रियाशील सदस्यताको सूची केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्दा सभापति देउवाको सक्रियताको सम्भावना खुला रहनेगरी निर्णय गरेको छ ।

‘केन्द्रीय सभापतिरकार्यवाहक सभापतिले क्रियाशील सदस्यता ‘केन्द्रीय छानबिन समिति’ बाट सहमति भइ प्राप्त भएका नयाँ र नवीकरण सदस्यताको सूची केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरी केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्नुपर्ने छ,’ निर्णयमा भनिएको छ ।


Published :मंसिर १५, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media