महानिर्देशक अधिकारीसहित ७ जनाविरुद्द अदालतमा भ्रष्टाचार मुद्दा

राष्ट्रपाटी न्युज

मंसिर १७, २०८२

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेलिकप्टर अवतरणसम्बन्धी नलिन्चोक प्रकरणमा संलग्नता देखिएको भन्दै उनीहरूविरुद्ध मुद्दा पेस गरेको हो।

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार प्रत्येक प्रतिवादीसँग १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७६ पैसा बिगो दाबी गरिएको छ।

अख्तियारले दायर गरेको यो मुद्दा भक्तपुरको नलिन्चोक हेलिकप्टर अवतरण स्थल निर्माण र निर्माणसम्बन्धी अनियमितता मा केन्द्रीत रहेको बताइएको छ।

मुद्दा दायर हुनेहरूमा महानिर्देशक अधिकारी, निर्देशक मुरारी भण्डारी उपप्रबन्धक समृद्धि श्रेष्ठ, प्रबन्धक निलविक्रम थापा, विजय थापा, गुरुदत्त अधिकारीसहित एउटा इन्जिनियरिङ कम्पनी समेत रहेको छ ।


Published :मंसिर १७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media