सर्वोच्चले पुनर्बहाली गरेपछि हितेन्द्रले भने- सरकारले आहत गर्‍यो, न्यायालयले राहत

राष्ट्रपाटी न्युज

मंसिर २३, २०८२

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहाली गरेपछि हितेन्द्र शाक्यले न्यायको जीत भएको प्रतिक्रिया दिएका छन्। उनले सरकारको निर्णयबाट आहत भएकामा न्यायालयले राहत दिएको बताए।

शाक्यले भने, ‘न्यायालयको निर्णयले राहत महसुस भएको छ।’ उनले आफ्नो योग्यता र क्षमताअनुसार देश, जनता र प्राधिकरणको हितमा काम गर्ने पूर्ववत् प्रतिबद्धता दोहोर्‍याए।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यका पक्षमा परमादेश जारी गरेको हो। सरकारले गत असोज ५ गते शाक्यलाई कार्यकारी निर्देशकबाट जल तथा ऊर्जा आयोगमा सरुवा गरी मनोज सिलवाललाई नियुक्त गरेको थियो।

सरकारको निर्णयविरुद्ध शाक्यले सर्वोच्चमा रिट दायर गरेका थिए।


Published :मंसिर २३, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media