एमाले महाधिवेशन : मतदान भोलि बिहान ८ बजेका लागि सारियो

काठमाडौं । नेकपा एमालेको जारी ११औं महाधिवेशनको नेतृत्व चयनका लागि मतदान समय फेरि सरेको छ। मंगलबार साँझ ७ बजेबाट सुरू गर्ने भनिएको मतदान भोलि (बुधबार)का लागि सारिएको हो।

केन्द्रीय निर्वाचन आयोगले बुधबार विहान ८ बजेदेखि मतदान हुने जानकारी दिएको छ। आजै मतदान हुने कार्यतालिकापछि प्रतिनिधिहरू लाइनसमेत बसिसकेका थिए।

अध्यक्षका आकांक्षीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेल पनि भृकुटीमण्डप पुगिसकेका थिए। तर, विद्युतीय माध्यमबाट हुने भनिएको मतदानमा प्राविधिक परीक्षण गर्नुपर्ने भएकाले मतदान भोलिलाई सारिएको बताइएको छ ।


Published :पुस १, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media