कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

बुधबार दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छभने राति कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

महाशाखाका अनुसार काठमाडौँ उपत्यकाको आज बिहान ५ः४५ बजेको न्यूतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ । यहाँको अधिकतम तापक्रम   १७ देखि १९ डिग्री सेल्सियसका बिच रहनेछ ।


Published :पुस २, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media