रवि, कुलमान र बालेनमाथि मिराज ढुंगानाले उठाए गम्भीर प्रश्न

काठमाडौं । वैकल्पिक राजनीतिमा उदाएका मुख्य तीन पात्रलाई लक्षित गर्दै जेन–जी अगुवा मिराज ढुङ्गनाले प्रश्न तेर्स्याएका छन् ।

शनिबार विज्ञप्ति जारी गर्दै ढुङ्गानाले वैकल्पिक राजनीतिमा उदाएका मुख्य तीन पात्रहरु रवि लामिछाने, कुलमान घिसिङ र बालेनलाई लक्षित गर्दै प्रश्न अघि सारेका हुन् ।

उनले फागुग २१ मा तोकिएको प्रतिनिधिसभाको निर्वाचन, संविधान संशोधन, निर्वाचन प्रणाली, राजनीतिक दिगोपनजस्ता विषय समेटेर प्रश्न अघि सारेका हुन् ।

पछिल्लो समय ढुङ्गानाले जेन–जीले उठाएका मागलाई लिएर सरकार गम्भीर नभएको गुनासो व्यक्त गर्दै आएका छन् ।


Published :पुस १९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media