जसपा नेपाल र लोसपाबीच पार्टी एकता, महन्थ ठाकुर संरक्षक र उपेन्द्र यादव अध्यक्ष

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच पार्टी एकताको औपचारिक सम्झौता सम्पन्न भएको छ।

दुवै पार्टीका शीर्ष नेता उपेन्द्र यादव र महन्थ ठाकुरले १२ बुँदे समझदारीपत्रमा हस्ताक्षर गर्दै नेतृत्वको कार्यविभाजनसमेत टुंगो लगाएका छन्। सहमतिअनुसार महन्थ ठाकुर पार्टी संरक्षक रहने र उपेन्द्र यादव अध्यक्ष रहनेछन् ।

पार्टी एकतासँगै ४३ सदस्यीय केन्द्रीय समिति गठन गरिएको पनि घोषणा गरिएको छ।


Published :पुस २७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media