कांग्रेसको विशेष महाधिवेशन उद्घाटन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको औपचारिक उद्घाटन गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा महामन्त्रीद्वयले दीप प्रज्ज्वलन तथा बेलुन उडाएर विशेष महाधिवेशनको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रमको सभापतित्व काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँले गरेका थिए। कार्यक्रममा महामन्त्री फरमूल्लाह मंसुरसहित कांग्रेसका थुप्रै केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो।

विशेष महाधिवेशनको विपक्षमा रहेका सभापति शेरबहादुर देउवा पक्षका साथै इतर समूहका नेता डा. शेखर कोइराला निकट नेताहरू पनि कार्यक्रममा सहभागी भएका छन्।


Published :पुस २७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media