कांग्रेस जिउँदो मानिसको पार्टी हो, दास र लासहरूको होइन : गगन

काठमाडौं । महामन्त्री गगनकुमार थापाले नेपाल कांग्रेस दास र लासहरूको पार्टी नभएको बताएका छन्। विशेष महाधिवेशनको उद्‍घाटन सत्रमा सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस जीउँदो मानिसहरूको पार्टी भएको बताए।

‘कांग्रेस दास र लासहरूको पार्टी होइन। जीउँदो मानिसहरूको पार्टी हो। प्रश्नहरू मरेको छैन। यहाँ कुनै बा छैन, जसले नबोल भन्छ। हामी बोल्न छोड्दैनौं। यहाँ हामी सबै बराबर छौं,’ उनले भने। उनले जुन पार्टीभित्र प्रश्न मर्छ, त्यसले समाजमा प्रश्न गर्न नसक्ने बताए।

महामन्त्री थापाले कांग्रेसप्रति जनताको भरोसा रहेको बताउँदै चुनावभन्दा पनि अहिले व्यवस्था र संविधानसँगै जनताको भरोसा जोगाउनु पर्ने बताए। ‘चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ, अहिले सिस्टम र संविधान जोगाउनु पर्ने छ, त्यो भन्दा बढी जनताको भरोसा जोगाउनु पर्ने छ,’ उनले भने।


Published :पुस २७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media