कांग्रेस विशेष महाधिवेशनः २ हजार ६६२ प्रतिनिधि सहभागी

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिहरूको संख्या २ हजार ६ सय ६२ जना पुगेको छ । विशेष महाधिवेशन सचिवालयका अनुसार साँझ ८ बजेसम्म २ हजार ६ सय ६२ जना प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन् ।

दर्ता विवरणअनुसार कोशी प्रदेशबाट ४२५, मधेश प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४ र सुदूरपश्चिम प्रदेशबाट १५८ जना प्रतिनिधि दर्ता भएका छन्।

त्यसैगरी उपत्यकाबाट १७८ तथा भातृ, शुभेच्छुक र जनसम्पर्क समितिबाट १९५ जना सहभागी भएका छन्। कांग्रेसमा देशभर ४ हजार ७ सय ४३ जना प्रतिनिधि रहेका छन् ।

विशेष महाधिवेशन सचिवालयले भोलि बिहान ८ बजेदेखि पुनः प्रतिनिधि दर्ता प्रक्रिया सुरु हुने जानकारी दिएको छ। । भोलि बिहान १० बजेबाट बन्दसत्र सुरु हुने बताइएको छ ।


Published :पुस २७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media