विशेष महाधिवेशनकै बीच कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्‍दै

काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठक मंगलबार बिहान बस्दैछ। बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यका साथै सातै प्रदेशका सभापतिको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।

कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ । यही सन्दर्भमा आकस्मिकरुपमा केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो।


Published :पुस २९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media