नेप्सेमा एकल अंकको वृद्धि, कारोबार रकम ७ अर्ब नजिक

काठमाडौं । साताको तेस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ४.९० अंकले बढेर २६३९.९१ विन्दुमा पुगेको छ।

नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने सोमबारको तुलनामा वृद्धि भएको छ। यसदिन ३४९ वटा स्क्रिप्सको १ करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार ३९ रुपैयाँमा खरिदबिक्री भए। सोमबार ६ अर्ब ४७ करोडको सेयर कारोबार भएको थियो।

थ्रि स्टार हाइड्रो पावरको सेयर मात्रै सकारात्मक सर्किट लेभलमा कारोबार भयो। दोर्दी खोला जल विद्युतको सेयर ९.३८ प्रतिशतले बढ्दा सुपर मादी हाइड्रोपावरको ९.०७ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा राधी विद्युत शीर्ष स्थानमा रह्यो।  सो कम्पनीको ५४ करोड मूल्य बराबरको सेयर कारोबार भयो। एसवाइ प्यानल नेपालले ३८ करोडको सेयर कारोबार गर्दा बुटवल पावरले २८ करोड,श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले २६ करोड र दोर्दी खोला जलविद्युतको २५ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ११८ वटा स्टक्सको मूल्य बढ्दा १३४ वटाको घट्यो। बाँकी ८ स्टक्सको मूल्य भने स्थिर रह्यो। सात समूहको उपसूचक बढ्दा बाँकी ६ समूहको उपसूचक नकारात्मक देखिए।


Published :पुस २९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media