विशेष महाधिवेशन पक्षधरसँगको वार्ता सहमति उन्मुख रहेको संस्थापनका नेताहरूको दाबी

काठमाडौं । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीचको वार्ता सहमति उन्मुख रहेको बताएका छन्। पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आज रातभरिमा दुवै पक्ष सहमतिको बिन्दुमा पुग्ने दाबी गरे।

‘वार्ता चलिरहेकाले अहिलेसम्म केन्द्रीय कार्यसमितिको बैठक सुरु हुन सकेको छैन। विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया पनि स्थगित भएको सुनेका छौं। त्यसैले वार्ताले आकार लिन्छ। रातभरिमा सहमतिको बिन्दुमा पुग्छ,’ उनले भने।

त्यस्तै नेता एनपी साउदले पार्टीलाई एकताबद्ध गर्ने प्रयास स्वरुप वार्ता भइरहेको बताए। उनले दुई पक्षको छलफल चलिरहेको र पार्टीलाई फुटबाट जोगाउने प्रयास भइरहेको बताए।

छलफल टुंगिएपछि मात्रै केन्द्रीय समितिको बैठक बस्ने उनले बताए। उनले केही विषयमा दुबै पक्ष सहमति नजिक पुगेको र केही विषयमा अझै पनि छलफल जारी रहेको बताए ।


Published :पुस २९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media