ग्लोरी वचत तथा ऋण सहकारी संस्थाको १६ औ साधारणसभा सम्पन्न

काठमाडौं। ग्लोरी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिका नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख अतिष्यतामा सम्पन्न उक्त साधारणसभाको सभापतित्व संस्थाका अध्यक्ष राजकाजी श्रेष्ठले गरेका थिए। त्यस्तै प्रवन्धक जनक थापाले स्वागत मन्तब्य राखेका थिए।

साधारणसभामा अध्यक्ष राजकाजी श्रेष्ठले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार संस्थाको शेयर पुँजी रु ६,०९,२२,५००/- ,संस्थामा निक्षेप रु ३३,४७,८२,९३०/- र लगानी रु ३१,३२,२९,९५८/- रहेको जानकारी गराइएको थियो । उक्त कार्यक्रममा शेयर सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

संचालक समितिका सचिव विनय केसीले संचालन गरेको साधारणसभामा विभिन्न वित्तिय संघसंस्था र छिमेकी कमर्शियल बैंकका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रवन्धक जनक थापाले विभिन्न सामाजिक उत्तरदायित्वहरुका साथसाथै संस्थालाई नमूना सहकारी वनाउने उदेश्यका साथ अगाडि बढेको  जानकारी गराएका थिए।

 


Published :पुस २९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media