गगन र विश्वलाई कारबाही, अन्य नेतालाई आ–आफ्नो भूमिकामा फर्किन कांग्रेसको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले तीन जना पदाधिकारीबाहेक अन्य सबै नेता–कार्यकर्तालाई आ–आफ्नो भूमिकामा फर्किन आह्वान गरेको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मंसूरमाथि कारबाही गर्ने निर्णय गरेको हो।

बैठकले उनीहरूबाहेक विशेष महाधिवेशनमा सहभागी भएका नेता, कार्यकर्तालाई सबै नेतालाई पार्टीको नियमित गतिविधि र जिम्मेवारीमा फर्किन आग्रह गरेको एक नेताले जानकारी दिए।


Published :पुस ३०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media