राष्ट्रियसभा सदस्य बलदेव बोहराको निधन

काठमाडौं । राष्ट्रिय सभा सदस्य बलदेव बोहराको आज दिउँसो निधन भएको छ । उनको निधनको जानकारी पारिवारिक स्रोतले दिएको हो।

बोहरा केही समयदेखि कम्मरको शल्यक्रिया पश्चात् उपचाररत थिए । सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिकाका स्थायी बासिन्दा बोहराको ललितपुरस्थित महालक्ष्मीस्थान–इमाडोलमा निधन भएको हो ।


Published :पुस ३०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media