कांग्रेस विशेष महाधिवेशनबाट फरमुल्लाह मन्सुर उपसभापतिमा चयन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले उपसभापतिमा फरमुल्लाह मन्सुरलाई चयन गरेको छ।

काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनले मन्सुरलाई उपसभापति चयन गरेको हो। कांग्रेसका दुई उपसभापतिमध्ये एक जना मन्सुर टुंगो लागेको नेता अजयबाबु सिवाकोटीले बताए।

अर्को उपसभातिका लागि उम्मेदवारहरूसँग छलफल भइरहेको छ। नेता गगन थापाले उम्मेदवार टुंगो लगाउन छलफल गरिरहेको सिवाकोटीले जानकारी दिए।

विश्वप्रकाश शर्माले कुनै पदमा रुची नदेखाएको भए पनि उपभासपतिमा बस्न गगन थापाले आग्रह गरिरहेको उनको भनाइ छ। यसअघि मन्सुर कांग्रेसका सहमहामन्त्री थिए। उनी १४औँ महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएका थिए। कांग्रेसको बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मन्सुरलाई पनि कारबाही गरेको छ। उनलाई साधारण सदस्यबाट निष्कासित गर्ने निर्णय गरिएको छ ।


Published :पुस ३०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media