कांग्रेस फुटेको छैन, नेतृत्वमात्र परिवर्तन हुन लागेको होः नेता राणा

काठमाडौं । नेपाली काँग्रेसका नेता उदय शमशेर राणाले पार्टी फुटेको नभई नेतृत्व मात्र परिवर्तन हुन लागेको बताएका छन् ।

बुधवार विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता राणाले यस्तो बताएका हुन् । उनले नीति र नेतृत्व परिवर्तन गर्ने उद्देश्यले विशेष महाधिवेशन गरिएको भएपनि संस्थापन पक्षसँग नेतृत्वका विषयमा महाधिवेशन प्रतिनिधिहरुले लचकता देखाए पनि परिवर्तनको उनीहरुले खारेज गरिदिएको टिप्पणी गरे । उनले आउँदो निर्वाचनमा सबै वर्गको माग र मुद्दाहरु बोकेर जनतामाझ जानुपर्ने आवश्यकताको आधारमा विशेष महाधिवेशन आयोजना गरिएको बताए ।

उनले विशेष महाधिवेशनले चयन गर्ने नेतृत्वलाई निर्वाचन आयोगले वैधानिकता दिने बित्तिकै पार्टीमा देखिएका सबै समस्याहरु हल हुने जिकिर पनि गरे ।


Published :पुस ३०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media