तोलामा १५ सय घट्यो सुनको मूल्य

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य १ हजार ५०० रुपैयाँले घटेको छ। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार आज १ हजार ५०० रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ७६ हजार ५०० कायम भएको हो।

यसअघि बुधबार एक तोला सुनको मुल्य २ लाख ७८ हजार पुगेको थियो।

यसैगरी सुनको मूल्य घटेसँगै चाँदीको भाउमा पनि गिरावट आएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ५ हजार ४८५ रुपैयाँ पुगेको छ। बुधबार सोही परिमाणको चाँदी ५ हजार ६५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।


Published :माघ १, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media