एमालेको प्रतिस्पर्धी र निर्वाचन नजित्ने ठाउँ कहीँ नभएको अध्यक्ष ओलीको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशलाई लोकतन्त्रिक मूल्यामान्यतामा अघि बढाउनुपर्ने बताएका छन्। बिहीबार काठमाडौंमा राजधानी विशेष कमिटीको घोषणा गर्दै अध्यक्ष ओलीले भाद्र २३ र २४ को घटनापछि मुलुकमा लोकतन्त्र मासिएको भन्दै यसलाई पुर्नबहाली गर्दै देशलाई लोकतन्त्रिक मूल्यामान्यतामा अघि बढाउनुपर्ने बताए।

उनले ठूला त्याग गरेर ल्याएको लोकतन्त्रलाई जलाएर आफैं नायक हुँ भन्दै केही मान्छे बाहिर निस्केको जिकिर गरे। अहिलेको अवस्थामा एकजुट भएर पार्टीलाई अघि बढाउनुपर्नेमा उनले जोड दिए।

ओलीले अहिले एमालेको प्रतिपर्धी कोही नरहेको भन्दै निर्वाचनमा एमालेले नजित्ने ठाउँ कहीँ नरहेको बताए। देश बनाउने क्षमता भएको पार्टी एमालेबाहेक अरु कोही नरहेको उनको भनाइ छ। उनले देशमा शासन गर्नेहरूले तमासा गरेको भन्दै त्यसले भविष्यलाई समेत असर गर्ने जिकिर गरे।

अध्यक्ष ओलीले अहिले जनताले राज्य भएको अनुभूति गर्न नसकेको समेत बताए। एमालेको संशोधित विधानअनुसार गठित राजधानी विशेष कमिटीको घोषणा गरिएको हो ।


Published :माघ २, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media