काठमाडौंमा एमालेको निर्वाचनकेन्द्रित जनप्रदर्शन

काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन गरेको छ।

एमाले बागमती प्रदेश कमिटीको आयोजनामा आइतबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा निर्वाचनकेन्द्रित जनप्रदर्शन आयोजना गरिएको हो। भृकुटीमण्डपबाट सुरु भएको प्रदर्शन प्रज्ञा भवन, कमलादीमा पुगेर जनसभामा परिणत भएको छ।

जनसभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी विशेष चुनावी अभियानको थालनी गर्न बागमती प्रदेश कमिटीले उक्त जनप्रदर्शन आयोजना गरेको जनाएको छ।

एमालेले केही निर्वाचन क्षेत्रबाहेक अधिकांश स्थानमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार टुंग्याइसकेको छ।


Published :माघ ४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media