प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न राष्ट्रियसभाबाट तीनजनाको राजीनामा

काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले पदबाट राजीनामा दिएका छन्।

उनीहरूले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष लिखित रूपमा राजीनामा बुझाएका हुन्।

नेकपा नेता नारायणकाजी श्रेष्ठ सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिँदै छन्। त्यस्तै, वामदेव गौतम बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बाट र नेकपा (एमाले) की भगवती न्यौपाने तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा छन्।


Published :माघ ४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media