पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी

काठमाडौं । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ। न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेसँग उक्त धरौटी माग गर्ने आदेश दिएको हो।

अदालत स्रोतले लामिछानेसँग धरौटी माग गरिएको पुष्टि गरेको छ। गत असार १ गते वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोपमा लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी तथा संगठित अपराधमा पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।

उक्त मुद्दामा ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ। लामिछाने अदालतमा हाजिर भई धरौटीसम्बन्धी प्रक्रिया पूरा गरेर चितवन–२ मा उम्मेदवारी मनोनयन दर्ता गर्ने तयारीमा रहेका थिए।

 

 


Published :माघ ६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media